PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

बराबरीमा रोकियो म्यानचेस्टर सिटी



पहिलोपोस्ट

बराबरीमा रोकियो म्यानचेस्टर सिटी
Photo: Reuters

यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटी आरबी लाइपजिगसँग बराबरीमा रोकिएको छ। अन्तिम १६ अन्तर्गतको पहिलो लेगको खेलमा इङ्ग्लिस क्लब सिटी जर्मन क्लब लाइपजिगसँग १-१ गोलको बराबरीमा रोकियो।

लाइपजिगको घरेलु मैदान रेड बुल एरेनामा सम्पन्न खेलमा सिटीले पहिलो हाफमै अग्रता बनाएको थियो। सिटीका लागि २१ औं मिनेटमा रियाद महरेजले इल्के गुण्डोगनको पासमा गोल गरेका थिए।

पहिलो हाफमा एक गोलले पछि परेको घरेलु टोली दोस्रो हाफमा खेलमा फर्कियो। खेलको ७० औं मिनेटमा मार्सेल हलस्टेनबर्गको पासमा जोस्को ग्भरडिओलले गोल गर्दै खेल बराबरीमा ल्याए।

दोस्रो लेगमा यी दुई टोली मार्च १५ मा इतिहाद स्टेडियममा आमनेसामने हुनेछन्।

गएराति नै सम्पन्न च्याम्पियन्स लिग अन्तर्गतकै अर्को खेलमा इन्टर मिलाले एफसी पोर्टोलाई १-० गोलअन्तरले हराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell