PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु



पहिलोपोस्ट

इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु
Photo: REUTERS

इजरायली सेनाको आक्रमणबाट कम्तीमा ११ प्यालेस्टाइनीको मृत्यु भएको छ। इजरायली सेनाको कब्जामा रहेको वेस्ट बैंकमा सेनाको आक्रमणबाट दर्जनौं अन्य घाइते भएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले बताएका छन्

बुधवार बिहान सेनाहरू पुरानो शहर नाब्लसमा प्रवेश गर्दा प्यालेस्टाइनी बन्दुकधारीहरूसँग सशस्त्र झडप सुरु भएको थियो। इजरायली सेनाले आत्मसमर्पण गर्न अस्वीकार गर्ने घरभित्र लुकेर बसेका तीन जना लडाकूलाई मारेको बताएको छ।

घरबाहिर मारिएकामध्ये दुई वृद्ध पुरुषसहित धेरै सर्वसाधारण नागरिक थिए। ७२ वर्षीय अदनान साबे बारा मृत्यु हुनेहरुमध्येका एक भएको प्यालेस्टाइनी स्वास्थ्य मन्त्रालयले बताएको छ।

त्यस्तै, ६१ वर्षीय अब्दुल हादी अस्कार र १६ वर्षीय किशोर मोहम्मद शाबानलाई पनि गोली हानी मारिएको मन्त्रालयले जनाएको छ। अश्रुग्यासका कारण स्वासप्रस्वासमा समस्या देखिएका ६६ वर्षीय अनन शवकत अन्नाबको बुधवार साँझ अस्पतालमा मृत्यु भएको छ।

लायन्स डेन र अन्य लडाकु समूहका छ जना सदस्यहरू छापा मार्ने क्रममा मारिएको लायन्स डेनले टेलिग्राम पोस्टमा भनेको छ। सेनाको छापा चार घण्टासम्म चलेको थियो। पुरानो शहरका साँघुरो सडकहरू प्रायः किनमेल गर्ने मानिसहरूले भरिभराउ हुने बिहानको समयमा छापा हानिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell