PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

निर्माण व्यवसायी मनोज भेटवाल चेक बाउन्सको मुद्दामा पक्राउ



पहिलोपोस्ट

निर्माण व्यवसायी मनोज भेटवाल चेक बाउन्सको मुद्दामा पक्राउ
फाइल फोटो : नेपाल प्रहरी

काठमाडौं : निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई पक्राउ गरेको हो। चेक बाउन्सको मुद्दामा बुधवार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

निर्माण व्यवसायी भेटवाल पटक-पटक पक्राउ पर्दै आएका छन्। भेटवाललाई चार वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा समेत पक्राउ गरेको थियो। त्यसपछि पनि उनलाई बैंकिङ कसुर अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको थियो।

भेटवालले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएका थिए। भेटवालले राजधानीका कलंकी लगायतका आकासे पुल निर्माणका लागि भन्दै इनोभेटिभ कन्सेप्ट नेपालका नामबाट बैंकबाट ऋण लिएको देखिएको थियो।

दुई वर्षअघि पनि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो। उनी पुरानोबस पार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार समेत हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell