
काठमाडौं : सुनको मूल्य बिहीवार केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।
बुधवार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।
बिहीवार चाँदी प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम छ। बुधवार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ थियो ।
अन्तराष्ट्रिय बजारमा बिहीवार सुनको मूल्यमा थोरै गिरावट आएको छ। सुन प्रतिऔंस १८२४.९३ डलरमा कारोबार भइरहेको छ।चाँदी प्रतिऔंस २१.६५ डलर छ। बुधवार सुन प्रतिऔंस १८३५.६२ डलर र चाँदी प्रतिऔंस २१.८१ डलर थियो।