PahiloPost

Mar 18, 2025 | ४ चैत्र २०८१

जन्मदिनमा प्रचण्डमाथि ओलीको प्रहार : बुद्ध जन्मेको देशमा हिंसाको धङधङी अझै छ, क्यालेन्डरमै राखेर हिंसा दिवस मनाए



पहिलोपोस्ट

जन्मदिनमा प्रचण्डमाथि ओलीको प्रहार : बुद्ध जन्मेको देशमा हिंसाको धङधङी अझै छ, क्यालेन्डरमै राखेर हिंसा दिवस मनाए

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारले हिंसालाई राष्ट्रिय दिवस मनाएर दुखद निर्णय गरेको दाबी गरेका छन्। आफ्नो जन्मदिनमा भक्तपुरस्थित बालकोटमा आयोजित विशेष कार्यक्रममा अध्यक्ष ओलीले माओवादीमा अझै हिंसाको धङधङी बाँकी रहेको देखिएकोसमेत बताए।

'हाम्रो देश बुद्धको जन्मथलो। शान्तिको देशमा हिंसा भयो। हिंसा टुंगिएको थियो। हिंसाको धङ्धङीचाहि अझै पनि छ जस्तो देखिन्छ। मानिसहरुका क्रियाकलाप र व्यवहारमा,' ओलीले भने।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाएकोप्रति समेत ओलीले कटाक्ष गरे। क्यालेन्डरमै यो दिवस राखेर सरकारले दु:खद् निर्णय गरेको ओलीले आरोप लगाए।

‘अहिलेकै सरकारले हिंसा दिवसलाई राष्ट्रिय दिवस मनाएर फेरि पनि मनाउने भनेर क्यालेन्डरमासमेत राखेर दु:खद् निर्णय गरेको छ। जुन कुरा सही हैन सरकारले आकस्मिक किन गर्नुपर्‍यो?’ ओलीले भने, ‘आफैँले छाडेर शान्तिप्रक्रियामा आएपछि किन महिमामण्डन गर्नुपर्‍यो। मैले पनि बुझेकै छैन। यसले सम्झीसम्झीकन हिंसाप्रतिको लगाव लगाएको देखिन्छ। नेपाल हिंसाको पक्षमा छैन।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell