
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच सिंहदरवारमा भेटवार्ता भइरहेको छ। नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा प्रचण्ड- नेपालबिच वार्ता भइरहेको हो। पुरानो पाँच दलीय गठबन्धन ब्युँताउन प्रचण्ड- नेपालबिच वार्ता भइरहेको प्रचण्डको सचिवालयले जनाएको छ।
नेपालले राष्ट्रपतिमा दाबी गरिरहेका छन् भने सत्ता गठबन्धनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि नेपाललाई नै राष्ट्रपतिमा प्रस्ताव गरेका थिए। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि प्रचण्डलाई भेटेर पुरानो गठबन्धनबारे छलफल गरिसकेका छन्। आजै साँझ पुरानो कांग्रेस नेतृत्वको गठबन्धनको बैठक बस्ने माओवादी केन्द्रका नेताहरुले बताएका छन्।