PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

पुरानो गठबन्धन ब्युतिँनेबारे फाइनल नभएको प्रचण्डको भनाई, राष्ट्रपतिको उम्मेदवारबारे भने : १३ गते त टुंगो लागिहाल्छ नि



पहिलोपोस्ट

पुरानो गठबन्धन ब्युतिँनेबारे फाइनल नभएको प्रचण्डको भनाई, राष्ट्रपतिको उम्मेदवारबारे भने : १३ गते त टुंगो लागिहाल्छ नि

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले नै पुरानो गठबन्धन ब्युँतने कुनै तयारी नभएको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँगको भेटपछि प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

बुधवार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटपछि पुरानै पाँच दलीय गठबन्धन ब्युँतने प्रयासमा लागेको बताइएको थियो। यसबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले भने – अहिले फाइनल भएको छैन।

दलहरु राष्ट्रपतिको उम्मेदवार तय गर्न आन्तरिक तयारीमा जुटिसकेका छन्। प्रमुख दल नेपाली कांग्रेसले आफ्नै दलबाट राष्ट्रपति हुनुपर्ने दाबी गरिरहँदा एमालेले माओवादीलाई पुस १० को सहमति सम्झाइराखेको छ। यता माओवादीले भने राष्ट्रिय सहमतिको उम्मेदवार खोज्ने प्रयास जारी राखेको छ।

राष्ट्रपतिमा कहिले सहमति हुन्छ त त्यसो भए? सञ्चारकर्मीको प्रश्नमा प्रचण्डको जवाफ थियो – भइहाल्छ नि। १३ गते त टुंगो लागिहाल्छ नि।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell