PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

अस्करले बनायो 'क्राइसिस टिम' :स्मिथको थप्पड काण्डजस्ता घटना रोक्न



पहिलोपोस्ट

अस्करले बनायो 'क्राइसिस टिम' :स्मिथको थप्पड काण्डजस्ता घटना रोक्न
Photo: Reuters

अस्कर अवार्डको ९५ औं संस्करण १२ मार्चमा अमेरिकाको लस एन्जलसमा आयोजना हुँदैछ। यसैबीच, यस वर्षको अवार्ड समारोहमा एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ‘क्राइसिस टिम’ को घोषणा गरेका छन्।  

गत वर्ष अवार्ड समारोहमा अमेरिकी अभिनेता विल स्मिथ र क्रिस रकबिच भएको घटनालाई ध्यानमा राखेर 'क्राइसिस टिम' गठन गरिएको हो। जसको उद्देश्य हो : अवार्डका क्रममा  विवादित घटनालाई व्यवस्थित गर्नु।

गतवर्षको अस्करमा श्रीमतीको कपालबारे ठट्टा गरेपछि स्मिथले अवार्ड कार्यक्रमको स्टेजमै कार्यक्रम सञ्चालक क्रिस रकमाथि थप्पड प्रहार गरेका थिए। स्मिथ र क्रिस रकको घटनापछि एकेडेमीले अस्करमा हुने धेरै कुराहरूमा सचेत भएको क्रेमरको भनाई छ।

टाइम्स म्यागजिनसँगको अन्तर्वातमा क्रेमरले भने, ‘हामीसँग क्राइसिसः टिम छ। त्यसैले हामी आशा गर्छौं कि कुनै नसोचेका घटनाहरु भएमा हामीसँग पूर्ण रुपमा तयार योजनाहरु छन्। पहिले खासै ध्यान नदिए पनि यसपटक धेरै योजनाहरु समेटेका छौँ।’

सन् २०२१ मा फ्रान्सेली अभिनेत्री कोरिन मासेरियोले स्टेजमै कपडा फुकालेर सरकारविरुद्ध विरोध जनाएकी थिइन्। कोरिनले स्टेजमा बिना लुगा भाषण पनि गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell