काठमाडौं : शेर्पा तथा तिब्बतीयन समुदायले लोसार मनाउने क्रम जारी छ। पात्रोअनुसार मंगलवार ग्याल्पो लोसार हो।
लोसारको अवसरमा काठमाडौंलगायत देशका विभिन्न स्थानका गुम्बाहरुमा उत्सव चलिरहेको छ। यही अवसरमा हुम्लाको न्हिन्बा समाजका महिलाहरु राजधानीको बौद्ध स्तुपा परिसरमा देखिए। जातीय पहिरनमा सजिएका उनीहरुले बौद्धमा कोर्वा गर्नुका साथै पूजासमेत गरेका थिए।