PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

लुम्बिनी प्रदेशमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु



पहिलोपोस्ट

लुम्बिनी प्रदेशमा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु

बुटवल : लुम्बिनी प्रदेशका तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सुरु भएको छ। बिहीवार मुख्यमन्त्री लिला गिरीले दाङको देउखुरीबाट अभियानको सुभारम्भ गरेका हुन्।

तालिमप्राप्त स्वास्थ्यकर्मीको उपस्थितिमा औषधि खुवाउने भएकाले सरकारले सञ्चालन गरेको अभियानलाई साथ दिएर आफूलाई पायक पर्ने ठाउँमा पुगी औषधि सेवन गर्न मुख्यमन्त्री गिरीले आग्रह गरे।

लुम्बिनी प्रदेशका दाङ, कपिलवस्तु, बाँकेसहित मुलुकका १५ जिल्लामा यो अभियान सुरु भएको हो। अभियान फागुन २५ गतेसम्म सञ्चालन हुनेछ। झापा, मोरङ, धनुषा, महोत्तरी, रौतहट, सर्लाही, बारा, रसुवा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, बाँके, दाङ र कैलाली जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान सञ्चालन भएको हो।

दुई वर्ष उमेर पूरा गरेका सबैले यो औषधि खानुपर्छ। तर, दुई वर्ष नपुगेका बालबालिका, गर्भवती, ७ दिनसम्मका सुत्केरी र सिकिस्त भई ओछ्यान परेका बिरामीहरुले भने हात्तीपाइले रोगविरुद्धको औषधि खान नहुने स्वास्थ्यकर्मीको भनाइ छ।

औषधिले शरीरमा हात्तीपाइलेको परजिवी भए नष्ट गर्नुका साथै हात्तीपाइले हुनबाट जोगाउँछ। हात्तीपाइले रोग लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ।

हात्तीपाइले रोग लागेमा खुट्टा सुन्निने, पुरुषमा अण्डकोष सुन्निने तथा महिलामा स्तन सुनिने गर्दछ। यसबाट मानिसको ज्यान पनि जानसक्ने चिकित्सकको भनाइ छ। सरकारले सन् २०३० सम्ममा हात्तिपाइले रोग निवारण गर्ने लक्ष्य लिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell