PahiloPost

May 24, 2026 | १० जेठ २०८३

एमाले अध्यक्ष ओली भेट्न भारतीय राजदूत पुगे बालकोट, राष्ट्रपति निर्वाचनबारे छलफल



रासस

एमाले अध्यक्ष ओली भेट्न भारतीय राजदूत पुगे बालकोट, राष्ट्रपति निर्वाचनबारे छलफल

काठमाडौं : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

बालकोटस्थित अध्यक्ष ओली निवास पुगेका राजदूत श्रीवास्तव र ओलीबीच दुईदेशीय मैत्रीपूर्ण सम्बन्ध र वर्तमान राजनीतिक परिवेशका बारेमा छलफल भएको ओलीको सचिवायलले जनायो। करिब एक घण्टा भएको छलफलमा भारतीय राजदूत श्रीवास्तवले राष्ट्रपति निर्वाचनका बारेमा समेत चासो लिएको बताइएको छ।

यसअघि ओलीसँग नेपालका लागि चिनियाँ राजदूतलेसमेत भेटेका थिए। राष्ट्रपतिको निर्वाचन नजिकिँदै गर्दा नेताहरुसँग भारत र चीनका राजदूतले भेटघाट बढाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell