काठमाडौं : काठमाडौं उपत्यकाभित्रका केही सडक खण्डमा सवारीको गति निर्धारण गरिएको छ। सवारी साधनको अधिकतम गति सीमा निर्धारण गरिएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयले जानकारी दिएको छ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा उल्लेखित गति नियन्त्रणसम्बन्धि व्यवस्था र सडकको भौतिक अवस्था समेतलाई मध्यनजर राखी सवारी दुर्घटना न्यूनीकरण तथा रोकथामका लागि गति निर्धारण भएको प्रहरीले जानकारी दिएको छ।
कलंकी-कोटेश्वर सडक खण्डको फास्ट ट्रकमा ५० किलो मिटर प्रतिघण्टा र सर्भिस ट्रायकमा २० किलोमिटर प्रतिघण्टा गति तोकिएको छ। त्यस्तै कोटेश्वर-भक्तपुर सडक खण्डमा ५० किलोमिटर प्रतिघण्टा तोकिएको छ।
साथै, उपत्यकाको विभिन्न स्थानमा आवश्यकता अनुसार गति सीमा तोकी सोही स्थानमा गति सीमाका बोर्डहरू समेत राखिएको प्रहरीले जानकारी दिएको छ।