PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

गञ्जागोल ब्यवस्थापनमा सुरु भयो केपी ओली कप: सातदोबाटोको विजयी सुरुवातमा दीपकको दोहोरो गोल

गञ्जागोल ब्यवस्थापनमा सुरु भयो केपी ओली कप: सातदोबाटोको विजयी सुरुवातमा दीपकको दोहोरो गोल

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौँ: केपी ओली कप फुटबल च्याम्पियनसीप आजबाट सुरु भएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा प्रतियोगिता सुरु भएको हो।

उद्घाटन खेलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई हराएको छ। सातदोबाटोले पुलिसमाथि २-१ गोलको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको हो।

पहिलो हाफको इन्ज्युरी समयमा सातदोबाटोका दीपक राज सिंह ठकुरीले गोल गर्दै अग्रता दिलाएका थिए। दोस्रो हाफमा पुलिसका प्रविण थापाले गोल फर्काउँदै खेल बराबरीमा ल्याए। उनले खेलको ४९ औं मिनेटमा गोल गरे। तर, सातदोबाटो फेरि अग्रता बनाउन सफल भयो। यसपटक ७१ औं मिनेटमा दीपकले नै गोल थप्दै सातदोबाटोको जित सुनिश्चित गरे।

आजबाट सुरु भएको प्रतियोगितामा ८ टोलीको सहभागिता रहेको छ। प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख प्राप्त गर्ने आयोजकले जनाएको छ।

एमालेको भातृसंस्था नेपाल युवा संघको आयोजनामा सुरु भएको प्रतियोगिताको ब्यवस्थापन पक्ष भने पहिलो दिन नै छताछुल्ल भएको छ। खेलकुद पत्रकारहरुले मिडिया क्षेत्रमा प्रवेश गर्न नै सकस ब्यहोरेका थिए भने तोकिएको सिटहरु असम्बन्धित ब्यक्तिहरुले ओगटेका थिए। त्यस्तै प्रतियोगिता खेलमा भन्दा पनि विभिन्न प्रस्तुतीहरुमा केन्द्रीत रहेको थियो।

 शुक्रवार पहिलो खेलमा  त्रिभुवन आर्मी क्लब र न्युरोड टिम ११ बजे तथा चर्च ब्वाइज क्लब र मछिन्द्र क्लब दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा आमनेसामने हुनेछन्।



ट्रेन्डिङ पोस्ट

Ncell