PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

लुम्बिनीमा थन्किएका विदेशी मुद्रा राष्ट्र बैंकले साट्ने



पहिलोपोस्ट

लुम्बिनीमा थन्किएका विदेशी मुद्रा राष्ट्र बैंकले साट्ने

बुटवलः लुम्बिनीमा विदेशी पर्यटकबाट दानबापत संकलित विदेशी मुद्रा सटही हुने भएको छ। राष्ट्र बैंकले सटहीका लागि प्रक्रिया थाल्न लुम्बिनी विकास कोषलाई सहमति दिएसँगै आठ वर्षदेखि सटही हुन नसकेको १ करोड १७ लाख ९५ हजार बराबरको विदेशी मुद्रा सटहीको प्रक्रियामा गएको हो।

राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसँग मुद्रा सटहीका बारेमा कुराकानी भएसँगै लामो समयदेखि सटही नभएर कागज बराबर भएका विदेशी मुद्रा सटही हुन लागेको कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले बताए।

‘राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी रुपन्देही आएको बेला भेटी बापतको रकम सटही नभएको कुरा राखेका थियौं, ध्यानाकर्षण पत्र पनि बुझायौं, राष्ट्र बैंकले सटही गर्ने सैद्धान्तिक सहमति दिएको छ’ कोषाध्यक्ष भट्टराईले भने।

संकलित विभिन्न ३९ देशका मुद्रा सटहीका लागि एक हप्ताभित्र राष्ट्र बैंक पठाउने उनले बताए।

भेटी र दानबापत जम्मा भएको विदेशी मुद्रामा सबैभन्दा धेरै म्यानमारको छ। यस्तै, श्रीलंका, मेक्सिको, इराक, ब्रुनाई, लेवनान, पेरु, युगान्डालगातका मुलुकका मुद्रा पनि छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell