PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

चलचित्र प्राविधिक संघको अध्यक्षमा लामा निर्विरोध निर्वाचित



पहिलोपोस्ट

चलचित्र प्राविधिक संघको अध्यक्षमा लामा निर्विरोध निर्वाचित

काठमाडौं: नेपाल चलचित्र प्राविधिक संघ (नेफ्टा) को अध्यक्षमा प्रेम भोम्जन (पुष्कर लामा) पुनः निर्वाचित भएका छन्। बिहीबार सम्पन्न साधारण सभाले लामालाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो। उनी अध्यक्षमा निर्वाचन भएको यो तेस्रो पटक हो। यसअघि उनले २०७२ र २०७५ सालमा पनि संस्थालाई नेतृत्व गरेका थिए।

निर्वाचन अधिकृत राजुप्रसाद धिमालले अध्यक्षसहितका अन्य दुई पदमा पनि सर्वसम्मत पदाधिकारी निर्वाचित भएको जानकारी दिए। यस्तै युवराज कार्की महासचिवमा र कृष्णबहादुर थापा कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell