PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

मकवानपुरमा हात्तीको आतंक : बकैयाका एक पुरुषको मृत्यु



पहिलोपोस्ट

मकवानपुरमा हात्तीको आतंक : बकैयाका एक पुरुषको मृत्यु
फाइल फोटो।

हेटौंडा : जंगली हात्तीको आक्रमणबाट मकवानपुरको बकैया गाउँपालिकामा एकजना पुरुषको ज्यान गएको छ। बकैया गाउँपालिका वडा नम्बर ५ पावस निवासी ५० वर्षका सन्तलाल माझीको हात्तीको आक्रमणमा परी ज्यान गएको हो।

बाख्रा ब्याएको र पाठापाठीलाई दुध खुवाउन गोठमा जाँदा केही समय अघि जंगली हात्तीले उनलाई आक्रण गरी घाइते बनाएको थियो। गम्भीर घाइते माझीलाई उपचारको लागि हेटौँडा ल्याइएकोमा हेटौंडा अस्पतालका डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

गएको चार दिनबाट मकवानपुरमा जंगली हात्तीले वितण्ड मच्याइरहेको छ। तीन दिनको अवधिमा हात्तीको आक्रमणमा परी मकवानपुरमा एक महिला र एक पुरुष गरी दुई जनाले ज्यान गुमाएका छन् भने एक जना घाइते भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell