PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

भारतका कर्मचारीलाई बीबीसी महानिर्देशकले भने : डर र पक्षपात बिना रिपोर्टिङ गर्नू



पहिलोपोस्ट

भारतका कर्मचारीलाई बीबीसी महानिर्देशकले भने : डर र पक्षपात बिना रिपोर्टिङ गर्नू
Photo: REUTERS

डर र पक्षपात बिना रिपोर्टिङ गर्नबाट बीबीसी नरोकिने महानिर्देशक टिम डेभीले बताएका छन्। भारतका कर्मचारीहरूलाई इमेलमा पठाउँदै बीबीसी प्रमुख डेभीले यस्तो बताएका हुन्

‘इनकम ट्याक्स अफिस’ले दिल्ली र मुम्बईस्थित बीबीसी कार्यालयहरूमा छापा मारेपछि महानिर्देशक डेभीको यस्तो भनाइ आएको हो। डेभीले कर्मचारीहरूलाई उनीहरूको साहसको लागि धन्यवाद दिँदै निष्पक्ष रूपमा रिपोर्टिङ गर्नु बाहेक अरु केही महत्त्वपूर्ण नभएको बताए।

 बीबीसीले ‘ट्याक्स अफिस’को अनुसन्धानमा सहयोग गरिरहेको बताएको छ। केही समयअघि बीबीसीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचनासहितको डकुमेन्ट्री प्रसारण गरिएको थियो।

भारत सरकारले उक्त डकुमेन्ट्रीलाई ‘होस्टाइल प्रापाडान्डा’ भन्दै बीबीसीलाई प्रसारण रोक्ने चेतावनी दिएको छ। बीबीसीले कर्मचारीहरूलाई उनीहरूको काम प्रभावकारी र सुरक्षित रूपमा गर्न मद्दत गर्ने प्रमुख डेभीले बताए।

‘डर वा पक्षपात बिना रिपोर्ट गर्ने हाम्रो क्षमता भन्दा अरु केही महत्त्वपूर्ण छैन’, उनले इमेलमा भनेका छन्, ‘विश्वभरका हाम्रा श्रोताहरूप्रतिको हाम्रो कर्तव्य भनेको स्वतन्त्र र निष्पक्ष पत्रकारिता मार्फत तथ्यहरू सम्प्रेषण गर्ने हो, र उत्कृष्ट रचनात्मक सामग्री उत्पादन र वितरण गर्नु पनि हो। हामी त्यो कामबाट पछि हट्ने छैनौँ।’

कर अधिकारीहरूले ‘सर्वेक्षण’ गर्ने भन्दै बीबीसी कार्यालयहरूमा तीन दिनसम्म छापा मारेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell