PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

राष्ट्रपतिको उम्मेदवार चयनका लागि गृहकार्यमा जुटे चार दल



पहिलोपोस्ट

राष्ट्रपतिको उम्मेदवार चयनका लागि गृहकार्यमा जुटे चार दल

काठमाडौं : राष्ट्रपति तथा उपराष्ट्रपतिको उम्मेदवार चयनका लागि अन्तिम गृहकार्यमा चार दल जुटेका छन्।

प्रतिनिधिसभा चुनावअघिको गठबन्धन ब्युँताउने गरी छलफलमा रहेका नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीको बैठक बालुवाटारमा जारी छ।

चार दलले आन्तरिक परामर्श गरेर निष्कर्षमा पुग्नेगरी निर्णयक बैठक गर्नेगरी बिहीवार साँझको स्थगित भएको थियो। शुक्रवार पुनः द्विपक्षीय छलफल गरेरमात्र निर्णयक छलफल गर्ने सहमति दलहरुले गरेका थिए।

बिहीवार साँझको छलफलमा माओवादी केन्द्रले पुनः एमालेसँग शुक्रवार छलफल गर्ने र अन्य दलहरुले पनि आन्तरिक परामर्श गर्नेगरी बैठक स्थगित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell