PahiloPost

Mar 17, 2026 | ३ चैत्र २०८२

सेलिना गोमेज बनिन् इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने महिला



पहिलोपोस्ट

सेलिना गोमेज बनिन् इन्स्टाग्राममा सबैभन्दा धेरै फलोअर हुने महिला
Photo: Christopher Polk / NBC via Getty Images

अमेरिकी गायिका सेलिना गोमेजको इन्स्टाग्राममा ३८२ मिलियन (३८ करोड २० लाख) फलोअर पुगेको छ। योसँगै उनी इन्स्टाग्राममा सबैभन्दा धेरै पछ्याइएकी महिला सेलेब्रेटी बनेकी छिन्।

‘लुज यू टु लभ मी’ गायिका गोमेजले काइली जेनरलाई पछि पारेकी हुन्। जेनरको हाल ३८० मिलियन फलोअर्स छन्।

गोमेजको पछिल्लो पोस्ट बुधवार (फेब्रुअरी २२)मा पोस्ट गरिएको एक कामुक फोटो हो। जसमा उनी एक रेस्टुरेन्टमा ककटेलको मजा लिइरहेको देख्न सकिन्छ। ‘मैले यो फोटो कुनै समय डिलिट गरेको थिएँ किनभने यो मलाई टू मच भयो भन्ने लागेको थियो,’ उनले फोटोको क्याप्सनमा लेखेकी छन्।

 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Selena Gomez (@selenagomez)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell