काठमाडौं : फोटो काठमाडौंको आयोजनामा पाचौँ संस्करणको फोटोग्राफी फेस्टिभल शुक्रवारदेखि सुरु हुँदैछ। चैत १७ गतेसम्म हुने फेस्टिभलको शुक्रवार साँझ उद्घाटन गरिने फोटो काठमाडौंले जानकारी दिएको छ।
फेस्टिभल अवलोकन सबैका लागि नि:शुल्क रहेको बताइएको छ। फेस्टिभलमा १६ देशका ६० भन्दा धेरै सहभागीले आफ्ना कृति प्रदर्शन गर्नेछन्। प्रवचन र कार्यशाला प्रशिक्षणको समेत आयोजना गरिनेछ भने परामर्श एवं रेजिडेन्सी कार्यक्रम पनि हुनेछ।
ललितपुरका ६ विभिन्न स्थानका प्रदर्शनीस्थलमा फागुन १३ गतेदेखि चैत १७ गतेसम्म हरेक दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकनका लागि खुल्ला रहनेछ। उद्घाटन सप्ताहभरिका सार्वजनिक कार्यक्रमहरू पाटन ढोकास्थित यलमाया केन्द्रमा फागुन १३ देखि फागुन १९ सम्म हुनेछन्।