काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच निर्णायक वार्ता सुरु भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड- ओलीबिच भेटवार्ता भइरहेको हो।
बिहीवार जनता समाजवादी पार्टी, नेपाल जसपा र नेकपा एकीकृत समाजवादीसँगको छलफलपछि प्रचण्डले शुक्रवार ओलीसँग वार्ता गर्ने बताएका थिए। राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्न प्रचण्डले ओलीसँग पनि वार्ता गरेका हुन्।
राष्ट्रपतिका लागि नेपाली कांग्रेस, एकीकृत समाजवादी, जसपालगायतका दलहरु पनि छलफलमा छन्। एकीकृत समाजवादीका अध्यक्ष मधवकुमार नेपाललाई ओलीले राष्ट्रपतिमा प्रस्ताव गरेका थिए। तर उक्त प्रस्ताव प्रचण्डले सकारात्मक रुपमा लिएनन् भने नेपाली कांग्रेसले आफ्नो पार्टीले राष्ट्रपति पाउने दाबी गरिरहेको छ।