
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले आजै राष्ट्रपतिबारे टुंगो लाग्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति छानिने बताए। उनले एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति नगर्ने बताए।
'संविधानको रक्षाका लागि, विकास समृद्धिका बारेमा पनि छलफल भइरहेको छ। अबको गठबन्धनको सरकार कसरी जान्छ भन्नेमा छलफल हुन्छ आज,' उनले भने।
राष्ट्रपतिमा रामचन्द्र पौडेलको पक्षमा सहमति जुटेको हो? भन्ने पत्रकारको प्रश्नमा शर्माले 'पक्कै पनि त्यही हो' भन्दै बाहिरिएको थिए।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच बालुवाटारमा राष्ट्रपतिबारे वार्ता भइरहेको छ। उक्त वार्ता फाइनल हुने प्रचण्डले बिहीवार बताएका थिए।