काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेकै राष्ट्रपति हुने अडान दोहोर्याएका छन्। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा उनले पुस १० गते नै एमालेको राष्ट्रपति हुने सहमति भइसकेको बताए।
'भोलि मनोनयन छ। पुस १० गते नै एमालेको उम्मेदवार टुंगो लगाइसक्यौं। अरु घटनाक्रम थाहा छैन,' ओलीले भने। उक्त प्रतिक्रियापछि ओली बालुवाटार लागेका थिए। बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबिच वार्ता भइरहेको छ।
आजै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल लगायतका दलको बैठक छ। प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा माओवादी नेता जनार्दन शर्माले राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपतिको उम्मेदवार चयन हुने बताएका थिए।