PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

‘द भ्वाइस किड्स’ को दोस्रो संस्करण फागुन २६ बाट प्रसारण हुने



पहिलोपोस्ट

‘द भ्वाइस किड्स’ को दोस्रो संस्करण फागुन २६ बाट प्रसारण हुने

काठमाडौं : सांगीतिक रियालिटी शो ‘द भ्वाइस किड्स’ को दोस्रो संस्करण फागुन २६ गतेदेखि प्रसारण हुने भएको छ। हिमालय टेलिभिजनबाट प्रसारण हुने शोको पहिलो दिन ब्लाइन्ड अडिसनका भागहरु प्रसारण हुनेछन।

डिजिटल अडिसनमा सहभागी भएका हजारौं आवेदकबाट छनोट भएका ६५ जना प्रतिभाहरूलाई पहिलो चरणमा समावेश गरिएको शोका निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए। शो शुक्रवार र शनिवार राति ८ बजे प्रसारण हुने कार्यतालिका रहेको छ।

त्यसैगरि, यस संस्करणमा कोचसमेत परिवर्तन भएका छन्। राजु लामा बाहिरिएपछि नयाँ कोचमा सुशान्त केसीको इन्ट्री भएको छ। साथै यसअघिका कोचहरु प्रमोद खरेल, प्रविशा अधिकारी र मीलन नेवारले भने निरन्तरता नै पाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell