PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

टीमसँगै विदेश जान सन्दीप लामिछानेले पाएनन् अनुमति



पहिलोपोस्ट

टीमसँगै विदेश जान सन्दीप लामिछानेले पाएनन् अनुमति

काठमाडौंः किशोरीलाई जबर्जस्तीकरणीको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेले विदेश जान पाउने सुनुवाईमा थप निवेदन माग गरेको छ। आइतबार अदालतको निवेदन माग गर्ने आदेश दिएको छ।

सर्वोच्च अदालतमा न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्।

विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

आइसिसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पिएनजी विरुद्धको एकदिवसीय खेल खेल्न शनिवार युएई जाने कार्यतालिका रहेको छ। आइतबार थप निवेदन माग गरेकाले उनी शनिवार टीमसँग विदेश जान नपाउने भएका छन्। खेल फागुन १५ गतेदेखि २२ गतेसम्म हुँदैछ।

अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell