PahiloPost

May 5, 2025 | २२ बैशाख २०८२

बालुवाटारको बैठकमा भएन ओली- प्रचण्डबिच राष्ट्रपतिमा सहमति, खोजिँदै राष्ट्रिय सहमति



पहिलोपोस्ट

बालुवाटारको बैठकमा भएन ओली- प्रचण्डबिच राष्ट्रपतिमा सहमति, खोजिँदै राष्ट्रिय सहमति

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारको वार्ताबाट बाहिरिएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको वार्तापछि ओली बालुवाटारबाट बाहिरिएको प्रचण्डको सचिवालयले जनाएको छ।

'वार्ता सकिसक्यो। त्यति सकारात्मक भएन,' प्रचण्डको सचिवालयका एक सदस्यले भने। ओली फाइनल वार्ताका लागि बालुवाटार पुगेका थिए। पुस ११० गते भएको सहमतिअनुसार राष्ट्रपति एमालेले नै पाउनुपर्ने अडानका साथ ओली बालुवाटार पुगेका हुन्।

तर वार्तामा प्रचण्डले राष्ट्रिय सहमतिकै अडान दोहोर्‍याएका छन्। आजै कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी, नेपाल र एकीकृत समाजवादीको बैठक बस्दै छ। उक्त बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे टुंगो लाग्ने नेताहरुले बताइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell