PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

औपचारिक रुपमा टुट्यो एमाले माओवादी गठबन्धन, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय



पहिलोपोस्ट

औपचारिक रुपमा टुट्यो एमाले माओवादी गठबन्धन, राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय

काठमाडौंः प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका सत्तापक्षका दलहरुले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई सघाउने निर्णय गरेका छन्। बालुवाटारमा बसेको दलहरुको बैठकले कांग्रेस उम्मेदवारलाई सघाउने निर्णय गरेका हुन्। 

निर्णयसँगै औपचारिक रुपमा वर्तमान एमाले र माओवादी केन्द्रको गठबन्धन टुटेको छ। 

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका प्रतिनिधि सहभागी थिए। आठ दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका हुन्।  

कांग्रेसले उम्मेदवारबारे निर्णय गर्न शनिबार केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell