PahiloPost

Nov 16, 2025 | १ मंसिर २०८२

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय



पहिलोपोस्ट

रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने कांग्रेसको निर्णय

काठमाडौं : नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ।

शनिवार बसेको केन्द्रीय कार्यसम्पादनको बैठकले पौडेललाई राष्ट्रपतिको निर्णय गरेको हो। पौडेल ८ दलीय गठबन्धनका तर्फबाट उमेदवार हुनेछन्।

'नेपाली कांग्रेस कार्यसम्पादन समितिले राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आदरणीय नेता रामचन्द्र पौडेललाई उमेदवार बनाउने सर्वसम्मत निर्णय गरेको छ,' कांग्रेस उपसभापति धनराज गुरुङले भने।

राष्ट्रपतिमा आफ्नो नाम पनि चर्चामा आएको उल्लेख गर्दै कांग्रेस नेता कृष्ण सिटौलाले पौडेलाई आफ्नो साथ रहने बताए। 'मेरो नाम पनि चर्चामा थियो। अहिले सर्वसम्मतले रामचन्द्र पौडेलको नाम सिफारिस भएको छ। मेरो सहयोग रहन्छ। सम्पूर्ण पार्टीको सहयोग रहन्छ,' बैठकपछि सिटौलाले भने।

पौडेलले दिउँसो २ बजेपछि मनोनयन गर्ने तयारी गरेको उनको सचिवालयले जनायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell