PahiloPost

Jan 19, 2026 | ६ माघ २०८२

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय



पहिलोपोस्ट

सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने एमालेको निर्णय

काठमाडौं : नेकपा एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिवार बिहान बसेको पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।

'हाम्रो पार्टीको १७ औं सचिवालय बैठकले पुस १० गते गठबन्धनको बीचमा भएको सहमतिअनुसार एमालेले आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत रुपले हाम्रो पार्टीको उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभाका अध्यक्ष माननीय सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ,' पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने,'उहाँको पक्षमा नेपाली कांग्रेसबाहेक सम्पूर्ण दललाई सहयोगका लागि पत्रचार गर्ने निर्णयसमेत गरेको छ।'

कांग्रेसले बिहानै वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आज राष्ट्रपतिको उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell