काठमाडौँ: नेपाली क्रिकेट टोली क्रिकेट विश्वकप लिग २ अन्तर्गतको सिरिज खेल्न आज साँझ यूएई जाँदैछ। साँझ पाँच बजेको फ्लाइटबाट नेपाली टोली यूएई प्रस्थान गर्ने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
युएई सिरिजका लागि नेपाल क्रिकेट संघ (क्यान)ले १५ सदस्यीय टोली समेत घोषणा गरिसकेको छ। टोलीमा नाबालिक बलात्कारको अभियोग ब्यहोरिरहेका पूर्वकप्तान सन्दीप लामिछाने समावेश छैनन्। टोलीमा प्रतिस जिसी, श्याम ढकाललगायतका नयाँ अनुहारले अवसर पाएका छन्।
शुक्रवार सर्बोच्च लामिछानेले विदेश जान पाउने सुनुवाईमा थप निवेदन माग गरेको थियो। आइतबार अदालतको निवेदन माग गर्ने आदेश दिएको छ।
सर्वोच्च अदालतमा न्यायधीश ईश्वरप्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।
१५ सदस्यीय टोलीमा कोको छन्?
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आशिफ शेख, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, सुन्दिप जोरा, कुशल मल्ल, श्याम (मौसम) ढकाल, गुलसन झा, आरिफ शेख, प्रतिश जिसी