PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

राप्रपाका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा



पहिलोपोस्ट

राप्रपाका मन्त्रीले बालुवाटार पुगेर बुझाए राजीनामा

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन्। शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका हुन्।

उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकास मन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन्।

सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले राष्ट्रपतिमा ८ दलका साझा उम्मेदवार नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्ने भएपछि राप्रपा सरकारबाट बाहिरिएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell