PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ओलीसहित संसद् भवन पुगेर सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

ओलीसहित संसद् भवन पुगेर सुवास नेम्वाङले गराए उम्मेदवारी दर्ता

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुसहित नयाँ बानेश्वरस्थित संघीय संसद्को भवन पुगेर नेम्वाङले उम्मेदवार गर्दा गराएका हुन्।

उनको प्रस्तावकमा अध्यक्ष ओलीसहित नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा रहेका छन्। यसैगरी, उनको समर्थकमा नेताहरू योगेश कुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन्।

 



ट्रेन्डिङ पोस्ट

Ncell