PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

वाग्मती प्रदेश सरकारबाट राप्रपाका मन्त्रीले राजीनामा दिँदै



पहिलोपोस्ट

वाग्मती प्रदेश सरकारबाट राप्रपाका मन्त्रीले राजीनामा दिँदै

हेटौंडा : वाग्मती प्रदेश सरकारमा रहेका राष्ट्रिय प्रजातान्त्रिक पार्टी राप्रपाका ३ मन्त्रीले पदबाट राजीनामा दिने भएका छन्। केन्द्रमा भएको राजनीतिक उतारचढावको कारण राप्रपाका प्रदेश सरकारमा सहभागी मन्त्रीले पदबाट शनिवार राजीनामा दिन लागेका हुन्।

राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री उद्दव थापाले राप्रपाबाट मन्त्री बनेका आफूसहित ३ जनाले राजीनामा दिन लागेको जानकारी दिए। उनले शनिवार भएकोले मुख्यमन्त्रीको अनुकूल समय लिएर राजीनामा दिन जाने बताए।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छोडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएका छन्। प्रधानमन्त्रीले पुरानो गठबन्धन ब्युँताएसँगै राप्रपाले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। वाग्मती प्रदेशमा राप्रपाका १३ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell