PahiloPost

Jun 24, 2025 | १० असार २०८२

रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको हो : राजकिशोर यादव



पहिलोपोस्ट

रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको हो : राजकिशोर यादव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का नेता राजकिशोर यादवले रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति भएको बताएका छन्।

रामचन्द्र पौडेललाई राष्ट्रपतिमा मनोनयन दर्ता गर्न संसद् भवन पुगेका यादवले पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको बताएका हुन्।

‘रामचन्द्र पौडेलमा राष्ट्रिय सहमति कायम भएकाले यो गठबन्धन बनेको हो। एमालेकोमा त्यो सहमति हुन सकेन,’ यादवले भने।

राष्ट्रपतिमा नेपाली कांग्रेसबाट पौडेल र नेकपा (एमाले)बाट सुवास नेम्वाङले मनोनयन दर्ता गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell