काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लोकतान्त्रिक गणतन्त्र मार्फत भएका परिवर्तन उल्ट्याउन प्रयास भइरहेको बताएका छन्। बालुवाटारमा आयोजित कार्यक्रममा नेपालले नयाँ ८ दलीय गठबन्धनमा पनि लोकतन्त्रको रक्षा कसरी गर्ने भन्ने विषयमा छलफल भएको बताए।
उनले नेपाली कांग्रेसका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेका रामचन्द्र पौडेल विजयी हुने पनि बताए। 'बधाई त पछि नै दिउला, रामचन्द्र पौडेललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेका छौं। उहाँ विजयी हुनुहुने छ। जुनसुकै पदमा भए पनि आफ्नो ओहोदाको सम्मान गर्दै देशको हित चिताउन कटिवद्ध हौं,' नेपालले भने।