PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

केपी ओलीसँग छुटेपछि प्रचण्डको टिप्पणी : दुई महिनामै तितो अनुभव गरें



पहिलोपोस्ट

केपी ओलीसँग छुटेपछि प्रचण्डको टिप्पणी : दुई महिनामै तितो अनुभव गरें

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीति अझै के हुने हो भन्ने चिन्ता कायमै रहेको बताएका छन्। राजनीतिमा फेरि पनि उतारचढाव आउने प्रचण्डको भनाइ छ।

'राजनीतिमा उतारचढावहरु हुन्छन्। परिवर्तनका पक्षधरलाई केन्द्रित गरेर हामी इतिहासलाई डोर्‍याउन सक्छौं कि सक्दैनौ चुनौतीपूर्ण छ,' उनले भने। प्रचण्डले राजनीति अझै के हुने भन्ने चिन्ता कायमै रहेको टिप्पणी गर्दै भने,' देशमा अहिले अप्ठेरो स्थिति छ भन्ने सबैले बुझेका छौं। राजनीति के हुने हो भन्ने चिन्ताबाट हामी मुक्त हुन सकेका छैनौं।'

फागुन ७ गते संविधान बिरोधी नारा लागेको प्रचण्डको भनाइ छ। 'संविधानले नचिनेका नाराहरु लागे अस्ति फागुन ७ गते। संविधानमा राजा महाराजको व्यवस्था छैन। तर कहि न कहि कुनै न कुनै कोणबाट अपमान गर्ने,' उनले भने

उनले १२ बुँदै सम्झौताका पक्षधर एक ठाउँमा नबसी परिवर्तन सम्भव नभएको बताए। 'नेचुरल कोर्स के हुन सक्छ भन्दा १२ बुँदे सम्झौताका हस्तारकर्ता, शान्ति सम्झौता गर्नेहरु मिलेर मात्रै अघि बढ्न सक्छ,' उनको भनाइ छ। 
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लक्षित गर्दै २ महिनामै आफूले तितो अनुभव गरेको प्रचण्डको भनाइ छ। 

'संविधान र लोकतान्त्रिक गणतन्त्र स्वीकार्न नसक्नेसँग विध्वंसमात्रै हुन्छ। मैले २ महिनामै तितो अनुभव गरे,' उनको भनाइ छ।

प्रचण्डले प्रधानमन्त्रीका लागि अहिलेको ८ दल भन्दा एमालेबाटै धेरै कार्यकाल पाएको पनि खुलासा गरे। 'प्रधानमन्त्री त मैले ८ दलको भन्दा उतै धेरै पाइसकेको थिए,' उनले भने।
ओलीलाई कांग्रेसलाई राष्ट्रपति दिएर जाउ भन्दा नमानेको प्रचण्डको भनाइ छ। प्रचण्डले राष्ट्रपतिको उम्मेदवार बनेका रामचन्द्र पौडेलले संविधान बिपरित काम कहिल्य नगर्ने विश्वास व्यक्त गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell