PahiloPost

Jul 1, 2024 | १८ असार २०८१

हात्तीको आतंक रोक्न र क्षतिपूर्ति दिलाउन सरकारसँग माग



पहिलोपोस्ट

हात्तीको आतंक रोक्न र क्षतिपूर्ति दिलाउन सरकारसँग माग

हेटौंडाः वाग्मती प्रदेशका मकवानपुरबाट निर्वाचित सांसदहरुले हात्तीको आतंक रोक्न सरकालाई आग्रह गरेको छ। शनिबार प्रदेश सभामा मकवानपुरको मनहरी, हेटौंडा र बकैयामा यमगज नामको हात्तीले स्थानीयलाई दुःख दिएको भन्दै सांसहरुले सरकारको ध्यानाकर्षण गरेका हुन्।

नेपाली कांग्रेसका ईन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्र मनहरी गाउँपालिका ४ का राधा अधिकारीको फागुन ८ मा हात्तिको आक्रमण बाट मृत्यु भएको त्यसैगरी बकैया गाउँपालिका ५ का सन्तलाल माझीको ११ फागुनमा मृत्यु भएको र सिन्धुली कमलामाईमा पनि एक जनाको ज्यान गएको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरे।

नेकपा (एमाले) का सांसद भारती पाठकले वन्यजन्तुको आक्रमणबाट मानवीय क्षति भइरहेको बताइन्।

‘घटना किन भइरहेका छन् भन्ने विषयमा प्रदेश सरकार गम्भीर हुन आवश्यक छ,’ उनले भनिन।

उनले जंगलभित्र रहेर निकुञ्ज र आरक्षभित्र भएका वनस्रोत मान्छेको जीवनसँग जोड्न कुनै पनि व्यवस्था नगरेको भन्दै सरकारलाई गम्भीर हुन आग्रह गरिन।

त्यसैगरी माओवादी सांसद प्रेमबहादुर पुलामीले पनि वन्यजन्तुबाट हुने क्षति न्यूनीकरण गर्न सरकारलाई आग्रह गरे। पुलामीले वन्यजन्तुहरुको व्यवस्थान नै अस्तव्यस्थ हुँदा जंगली जनावरले आंतक मच्चाइरहेको भन्दै समाधान खोज्न सरकारलाई ध्यानाकर्षण गराए। 

मकवानपुरमा ८ दिनको अवधिमा हात्तीको आक्रमणमा दुई जनाले ज्यान गुमाएका छन भने एक जना घाइते भएका छन् ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell