PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

वाग्मती सरकारबाट राप्रपाका मन्त्रीद्धारा राजीनामा



पहिलोपोस्ट

वाग्मती सरकारबाट राप्रपाका मन्त्रीद्धारा राजीनामा

हेटौंडाः वाग्मती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ मन्त्रीले राजीनामा दिएका छन्। पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री शालिकराम जम्कट्टेलाई राजीनामा बुझाएका हुन्।

राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री उद्धव थापा, पर्यटन उद्योग तथा सहकारी मन्त्री डम्बर तामाङ र वन तथा वातावरण मन्त्री राजु विष्टले राजीनामा बुझाएका हुन्।

केन्द्रमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको गठबन्धन छाडेर कांग्रेस नेतृत्वको पुरानो गठबन्धन ब्युँताएपछि राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो। वाग्मती प्रदेशमा राप्रपाको १३ सांसद छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell