PahiloPost

Jan 22, 2025 | ९ माघ २०८१

म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्षस्थानमा आर्सनल नै



पहिलोपोस्ट

म्यानचेस्टर सिटीको फराकिलो जित, शीर्षस्थानमा आर्सनल नै
Photo: Reuters

इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बर्नेमाउथमाथि फराकिलो जित निकालेको छ। भाइटालिटी स्टेडियममा सम्पन्न खेलमा सिटीले घरेलु टोली बर्नेमाउथमाथि ४-१ गोलको फराकिलो जित निकालेको हो।

खेलको १५ औं मिनेटमै जुलियन अल्भारेजको गोलमा अग्रता बनाएको सिटीका लागि २९ औँ मिनेटमा अर्लिङ हल्याण्डले फिल फोडेनको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। त्यस्तै ४५ औं मिनेटमा फिल फोडेनलेले गोल थप्दा पहिलो हाफमा सिटी तीन गोलले अघि रह्यो। दोस्रो हाफमा घरेलु टोली क्रिस मेफमले आत्मघाती गोल गर्न पुग्दा ५१ औं मिनेटमै सिटी चार गोलले अघि रह्यो। बर्नेमाउथका लागि जेफर्सन लेर्माले ८३ औं मिनेटमा सान्त्वना गोल फर्काउँदा सिटीले ४-१ गोलको फराकिलो जित निकाल्न सफल भयो।

गएराति नै सम्पन्न अर्को खेलमा आर्सनलले लेस्टरसिटीमाथि १-० गोलको कठिन जित निकाल्यो। किंग पावर स्टेडियममा सम्पन्न खेलमा घरेलु टोलीलाई हराउन आर्सनलका लागि गाब्रियल मार्टिनेलीले ४६ औं मिनेटमा निर्णायक गोल गरे।

योसँगैँ आर्सनलले शीर्ष स्थानको वर्चस्वलाई कायम राखेको छ। २४ खेलबाट आर्सनलले ५७ अंक जोड्दै शीर्षस्थानमा रहँदा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले २५ खेलबाट ५५ अंक जोडेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell