PahiloPost

Apr 21, 2026 | ८ बैशाख २०८३

जी २० देशका अर्थमन्त्रीहरुको बैठकमा चीनद्वारा रसियाको आलोचना गर्न अस्वीकार



पहिलोपोस्ट

जी २० देशका अर्थमन्त्रीहरुको बैठकमा चीनद्वारा रसियाको आलोचना गर्न अस्वीकार
Photo : PTI

विश्वका ठूला अर्थतन्त्रका अर्थमन्त्रीहरूको बैठक समापन वक्तव्य निकाल्न असफल भएको छ। भारतमा सेप्टम्बरमा हुने जी २० सम्मेलन को तयारी स्वरुप बसेको अर्थमन्त्रीहरुको बैठकमा चीनले युक्रेनमा रसियाको आक्रमणको निन्दा गर्न अस्वीकार गरेपछि समापन वक्तव्य निकल्न नसिकिएको हो।

चीनले जी २० वक्तव्यमा रसियाको आलोचना गर्ने शब्दहरु राखिन लागेपछि विरोध जनाएको हो।

भारतको बेङ्गलोरमा भएको बैठकमा युक्रेनको विषयले प्रवेश पाएको थियो। तर, जी २० पूर्ण रुपमा आर्थिक 'म्यान्डेट'सँग जोडिएको भन्दै रसिया र चीनले युक्रेन शब्द राख्न अस्वीकार गरेको हो। बैठकमा सहभागी अन्य १८ देशका अर्थमन्त्रीहरुले भने युद्धका कारण विश्व अर्थतन्त्रमा गम्भीर असर परेको मत राखेका थिए।

रसियाले अमेरिका, युरोपियन युनियन र जी७ राष्ट्रहरुले ब्ल्याकमेल गरिरहेको भन्दै मल्टिपोलार व्लर्डको वास्तविकतालाई स्वीकार गर्नुपर्ने बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell