PahiloPost

Mar 17, 2025 | ३ चैत्र २०८१

साउदीमा वर्चस्व बनाउँदै रोनाल्डो, अल नासर भित्र्याउन खोज्दैछ रामोस र मोड्रिचलाई?



पहिलोपोस्ट

साउदीमा वर्चस्व बनाउँदै रोनाल्डो, अल नासर भित्र्याउन खोज्दैछ रामोस र मोड्रिचलाई?
Getty Images

साउदी प्रो लिग अन्तर्गत गएराति सम्पन्न खेलमा अल नासरले डमाकमाथि ३-० गोलको सहज जित निकाल्यो। नासरको जितमा तीनवटै गोल गरे पोर्चुगिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले। अर्थात ह्याट्रिक। साउदीमा रोनाल्डोको यो पहिलो ह्याट्रिक भने होइन्। यसअघि लिगकै खेलमा रोनाल्डोले अल वेहदाविरुद्धको खेलमा त चार गोल नै गरेका थिए।

रोनाल्डोको गोलमा जित निकालेको नासर १८ खेलबाट ४३ अंक जोड्दै तालिकाको शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको अल इतिहादले पछिल्लो खेलमा बराबरी खेल्दा नासरलाई ठूलै राहत मिलेको छ। इतिहादले समान खेलबाट ४१ अंक जोडेको छ।

रोनाल्डोपछि मोड्रिच र रामोसमा नजर

रोनाल्डोलाई क्लबमा ल्याएर प्रदर्शन उच्च गरिरहेको अल नासरले युरोपका अन्य दुई भेट्रान खेलाडी भित्र्याउने तयारी गरिरहेको स्पेनिस पत्रिका मार्काले दाबि गरेको छ। जसका अनुसार रियल मड्रिडबाट खेलिरहेका क्रोएसियाका कप्तान र फ्रेन्च क्लब पीएसजीबाट खेलिरहेका स्पेनिस पूर्वकप्तान सर्जियो रामोसलाई टिममा ल्याउन अल नासरले प्रयास गरिरहेको दाबि छ।

रामोसको यही सिजनको अन्त्यबाट पीएसजीसँगको करार सकिँदैछ। उनले केही दिन अघिमात्र अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका थिए।

त्यस्तै अवस्था मोड्रिचको पनि छ। उनको पनि यही सिजनको अन्त्यबाट मड्रिडमा करार सकिँदैछ। यद्यपि उनले आफ्नो करियरको अन्त्यसम्मै मड्रिडमा रहन चाहेको बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell