PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

सन्दीप लामिछानेको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा



पहिलोपोस्ट

सन्दीप लामिछानेको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा

काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेको निवेदनको सुनुवाइ न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको इजलासमा चढेको छ।

लामिछानेले विदेश जान पाउनु पर्ने माग राख्दै अदालतमा निवेदन दिएका थिए। शुक्रवार सर्वोच्च अदालतमा न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले थप निवेदन माग गरेको थियो।

पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपनि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्।

आइसीसी विश्वकप क्रिकेट लिग २ को अन्तर्गत युएई र पीएनजीविरुद्धको एकदिवसीय खेल खेल्न नेपाली टोली शनिवार युएई गएको छ। तर, आज सुनुवाइ भएकाले लामिछाने भने जान पाएका छैनन्। खेल फागुन १५ गतेदेखि २२ गतेसम्म हुँदैछ।

अदालतले आदेश दिएको खण्डमा मात्र लामिछाने विदेश जान पाउने छन्। त्यस्तै बलत्कारको केसमा पनि अदालतमा सुनुवाई भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell