PahiloPost

May 26, 2026 | १२ जेठ २०८३

ब्रेकअपको पीडामा रहेका आफ्नो मिल्ने साथीको लागि स्वप्नले लेखेको गीत ‘आज फेरि’



पहिलोपोस्ट

ब्रेकअपको पीडामा रहेका आफ्नो मिल्ने साथीको लागि स्वप्नले लेखेको गीत ‘आज फेरि’

काठमाडौं : गायक स्वप्न सुमनले नयाँ गीत ‘आज फेरि’ ल्याएका छन्। आफ्नो ब्यान्ड ‘द एस्टर्स’सँगको सहकार्यमा उनले नयाँ ल्याएका हुन्।

यो गीत औपचारिक रुपमा शनिवार रिलिज भएपनि उनले यो आफू कलेजमा हुँदा नै लेखेको बताएका छन्। त्यतिबेला उनले आफ्नो मिल्ने साथी सुरजसँग मिलेर ओरिजिनल गीत निकाल्ने लक्ष्यसहित ब्यान्ड बनाएका थिए।

एकदिन सुरजले फोन गरेर उनलाई आफ्नो ब्रेकअप भएको बारे सुनाए र त्यसमा एउटा गीत लेख्न स्वप्नलाई आग्रह गरे। ‘आज फेरि’ स्वप्नले तिनै साथीको लागि लेखेको गीत हो।

गीतको म्युजिक भिडियो स्वप्न सुमनको युट्युब च्यानलमा सार्वजनिक गरिएको छ। स्पोटिफाई, एप्पल म्युजिकलगायत स्ट्रिमिङ प्लेटफर्ममा भने आइतवार मात्रै रिलिज हुने उनले बताएका छन्।

गीतमा शब्द र स्वर स्वप्नकै रहेको छ। गीतको भिडियोमा ज्योत्स्ना योगी, शैलेक विक्रम शाह र आयुष धोज बिस्ट फिचर्ड छन्। म्युजिक भिडियोको निर्देशन अन्जोन लिम्बुले गरेका हुन् भने सम्पादन अशोक अधिकारी र न्हुजन डंगोलले गरेका हुन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell