PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

माघ महिनादेखि बढ्न थाल्यो नगद कारोबार



पहिलोपोस्ट

माघ महिनादेखि बढ्न थाल्यो नगद कारोबार

काठमाडौं : पछिल्ला दिन आर्थिक कारोबार बढ्न थालेको संकेत नेपाल राष्ट्र बैंकले गरेको छ। राष्ट्र बैंकले माघसम्मको तथ्यांक सार्वजनिक गर्दै आर्थिक गतिविधि सामान्य बढेको जनाएको छ।

दशैंपछि क्रमश: घट्न थालेको नगद कारोबार माघमा केही सुधार देखिएको हो। पुसमा ६ खर्ब १ करोड १६ लाख रुपैयाँमा झरेको चलनचल्तिको नोट माघमा ५ अर्ब ६० करोड ९६ लाख रुपैयाँले बढेको छ।

दशैंताका अर्थात असोजमा यस्तो नोट ६ खर्ब ४९ अर्ब ४२ करोड २७ लाख रुपैयाँ चलनचल्तिमा थियो। त्यसपछि क्रमश घटेर ६ खर्ब एक करोडमा आएको थियो।

बजारमा माग घटेको र बिक्री भएको सामानको पनि पैसा नउठ्ने समस्या बढेको छ। तरलता अभावसँगै बढेको ब्याजका कारण महँगी बढेको छ। अर्कोतिर डलरसँगै पेट्रोलियमको भाउ पनि बढेको छ। अन्तर्राष्ट्रिय आर्थिक गतिविधि पनि घटेर आन्तरिक बजार प्रभावित भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell