PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

युक्रेन-रसिया युद्ध अन्त्यका लागि शान्ति प्रक्रियामा सहभागी हुन तयार छौं : मोदी



पहिलोपोस्ट

युक्रेन-रसिया युद्ध अन्त्यका लागि शान्ति प्रक्रियामा सहभागी हुन तयार छौं : मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले युक्रेन र रसियाबिचको युद्ध अन्त्य गराउनका लागि भारत कुनै पनि शान्त्ति प्रकियाको सहभागी भएर सहयोग गर्न तयार रहेको बताएका छन्। जर्मनीका चान्सलर ओलाफ शाल्ससँगको भेटमा मोदीले सो प्रतिक्रिया दिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

अन्तर्राष्ट्रिय मञ्चहरुमा रसियाको आलोचना गर्न भारतले अस्विकार गरेको भन्दै आलोचना भइरहेको छ। यसबिच ओलफ हाल भारत भ्रमणमा पुगेका हुन्।

ओलफसँगको भेटमा मोदीले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा सुधारको माग समेत गरेका थिए। भारतले सुरक्षा परिषद्मा स्थायी सिटका लागि 'लबिङ' गरिरहेको छ।

ओलफले भने युक्रेन मामिलामा संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुले आफ्नो पक्ष प्रष्ट गर्नुपर्ने बताएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell