A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.69514d4e2527b5.57693067): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.69514d4e2527b5.57693067,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : भूमि व्यवस्था मन्त्री राई
PahiloPost

Dec 28, 2025 | १३ पुष २०८२

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : भूमि व्यवस्था मन्त्री राई



पहिलोपोस्ट

सबै सहकारी खत्तम छन् भन्ने प्रचार गलत : भूमि व्यवस्था मन्त्री राई

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राईले सहकारीहरू सक्किए, खत्तम भए भन्ने हल्लाको पछि नलागी समस्याको समाधान गरेर सहकारीको प्रवर्द्धनमा लाग्नुपर्ने बताएका छन्।

काठमाडौंमा आयोजित ‘सहकारीको सङ्कट, कारण र समाधान’ विषयक छलफल कार्यक्रममा राईले सबै सहकारी खत्तम छन् भन्ने प्रचार सत्य नभएको र गल्ती गर्ने केहीलाई नियमबमोजिम कारबाही गर्नुपर्नेमा जोड दिएका हुन्।

उनले भने, 'गाउँगाउँमा सहकारीले आर्थिक परिचालनका लागि राम्रो काम गरेका छन्। तिनीहरूलाई हामीले प्रोत्साहन गर्नुपर्छ। समस्या छन् भने समाधानका लागि पहल गर्नु पर्छ।'

राईले सरोकारवालाबाट प्राप्त हुने लिपिबद्ध सुझावका आधारमा आफूले मन्त्रीका रुपमा गर्नुपर्ने पहलमा हुनै कमी नहुने विश्वास दिलाए। समस्या समाधानका नाममा आयोग र कार्यदल गठन गरेर अल्मल्याउने काम आफूबाट नहुने उनको भनाइ थियो।

मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सङ्कटग्रस्त र समस्यामूलक सहकारीका विषयमा अध्ययन भइरहेको उल्लेख गर्दै बचतकर्ता आत्तिनुपर्ने अवस्था नरहेको बताए। नेपाल राष्ट्र  बैंकका सञ्चालक डा चिन्तामणि शिवकोटीले नियमनका लागि स्थानीय तहबाट पनि प्रभावकारी भूमिका हुनुपर्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell