PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

झापालगायतका जिल्लाबाट किशोरी ल्याएर बन्धक बनाउने चिनियाँ नागरिक समातिए



पहिलोपोस्ट

झापालगायतका जिल्लाबाट किशोरी ल्याएर बन्धक बनाउने चिनियाँ नागरिक समातिए

काठमाडौं : किशोरीहरूलाई बन्धक बनाएर दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले अनुसन्धानको क्रममा चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो। ती चिनियाँ नागरिकले देशका विभिन्न जिल्लाबाट प्रलोभनमा पारेर काठमाडौंभित्र ल्याएर बन्धक तथा दुर्व्यवहार गर्ने गरेको खुलेको हो। झापाबाट किशोरी ल्याएको खुलेको छ।

प्रहरीले बन्धक बनाएका पाँच जना किशोरीलाई उद्धार गरेको समेत दाबी गरेको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell