PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय, कहिले आउँदैछ हलमा?



पहिलोपोस्ट

‘परस्त्री’को नयाँ प्रदर्शन मिति तय, कहिले आउँदैछ हलमा?

काठमाडौं : सुरज पाण्डे निर्देशित ‘परस्त्री’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी वर्षको असार १५ गते रिलिज हुनेछ।

यसअघि यस फिल्मले फागुन १९ गतेका लागि रिलिज डेट फिक्स गरेको थियो। तर, सोही मितिमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ भिड्ने भएपछि पछि हटेको हो।

दीपेन्द्र के खनालको लेखन रहेको फिल्मले विवाहेत्तर सम्बन्धले ल्याउने पारिवारिक र सामाजिक संकटको कथा भन्छ। फिल्ममा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव बिष्ट, अलिशा क्षेत्री, अशान्त शर्मालगायतका कलाकारहरुको अभिनय छ।

डीएस डिजिटलको ब्यानरमा निर्माण भएको फिल्ममा शर्मिला पाण्डे र स्वयम् खनाल निर्माताका रुपमा रहेका छन। निरज पाण्डेको छायाङ्कन रहेको नेपाली र हिन्दी भाषामा प्रदर्शन हुने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell