PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्डमाथि ओलीका ५ प्रहार : बिरालोसँग तुलना, चक्कुलाई फूल भन्न सक्ने



पहिलोपोस्ट

प्रचण्डमाथि ओलीका ५ प्रहार : बिरालोसँग तुलना, चक्कुलाई फूल भन्न सक्ने

काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाजको आरोप लगाएका छन्। राष्ट्रिय नाचघरमा आयोजित शहिद, घाइते तथा बेपत्ता परिवारको सम्मान कार्यक्रममा ओलीले प्रचण्डमाथि धोकेबाज भन्दै प्रहार गरेका हुन्। उनले प्रचण्डलाई बिरालोसँग तुलना गर्दै कचौरामा दुध राखेपछि छिमेकी घरमा पल्किएको आरोप लगाए।

उनले प्रचण्ड ६२/ ६३ सालको आन्दोलनपछि सबैभन्दा बढी सत्तापक्ष नै प्रचण्ड भएको भन्दै पद लोलुपताको आरोप पनि लगाए। परिवारको स्वार्थमा लिप्त भएको, चक्कु लिएर बसेको लगयतका आरोप ओलीले लगाउन भ्याए। प्रचण्डसँगको गठबन्धन टुटेको २ दिनमै ओली प्रचण्डमाथि नै खनिएका हुन्। यसअघि शनिवार बालुवाटारमा आयोजित कार्यक्रममा प्रचण्ड पनि ओलीमाथि खनिएका थिए। २ महिना कठिन भएको प्रचण्डको भनाइ थियो।


 
जनयुद्धका नाममा प्रचण्डले हिंसा गरे

ओलीले माओवादीले सुरु गरेको जनयुद्धलाई हिंसाको संज्ञा दिए। उनले प्रचण्डले चलाएको जनयुद्ध अहिले सम्झनासमेत नभएको आरोप लगाए। 'जनयुद्धका नाममा प्रचण्डले हिंसाको नाममा अभियान सुरु गर्नुभयो। जनताका तर्फबाट र राज्यतर्फबाट थुप्रैको हत्या भयो। गिरफ्तार गर्ने हत्या गर्ने त्यही कुरा लमजुङका एक जना शिक्षकको कुरा होस अथवा खोटङका शिक्षकको कुरा होस्। अत्यन्तै निर्मम ढंगले हत्या गर्ने काम भए,' ओलीको भनाइ छ। 

'जसले कचौरामा दुधभात दिन्छ उतै प्रचण्ड'
राष्ट्रपतिमा प्रचण्डले एमालेलाई नसघाएसँगै ओलीले प्रचण्डमाथि हदै सम्मको प्रहार गरेका हुन्। उनले बिरालो किन्न नपर्ने बरु दुधभात राखिदिए बिरालो नै आइपुग्ने ओलीको भनाइ थियो।
कसैले कचौरामा दुध दिए उतै जाने प्रचण्ड प्रवृति रहेको भन्दै ओलीले आक्रोश व्यक्त गरे। जता धेरै दुधभात त्यतै प्रचण्ड गएको ओलीको आरोप थियो। 'जो जता मिलेर भए पनि सत्तामा। कसले कचौरामा कति दुधभात दिन्छ खुत्रुक छिमेकीका घरमा सर्ने। त्यो शिलशिला जारी नै छ,' ओलीले भने।

आफ्नै परिवारमात्र सम्झनु हुन्छ कि जनयुद्ध पनि सम्झनु हुन्छ?
प्रचण्डले आफ्ना परिवारको मात्रै स्वार्थमा लिप्त भएको ओलीको आरोप छ। प्रचण्डका आफन्त राम्रो ठाउँमा पुगेको भए पनि देशको चिन्ता प्रचचण्डलाई नभएको ओलीले आरोप लगाए। 
'परिवारका मान्छे धनी नै होलान। भान्जाभान्जी छोरीज्वाइ भाइभतिजा राम्रै ठाउँमा पुगेका होलान्। तर अहिले पनि प्रधानमन्त्रीजीले घाइते सम्झनु भएको छ कि छैन। आफ्नै स्वार्थ आफ्नै परिवारमात्र सम्झनु हुन्छ कि जनयुद्ध पनि सम्झनु हुन्छ?,' ओलीले प्रश्न गरे।

लोकतन्त्रका निम्ति काम गरौं भनेर प्रचण्डलाई प्रधानमन्त्री बनाएको भए पनि धोका भएको ओलीको आरोप छ। 'जनताका समस्या समाधान गर्नेगरी काम गरौं। आफ्ना समस्यामा मात्रै केन्द्रित हुने होइन भनेर प्रयास गरियो। तर पुष्पकमल दाहाल जि को बेग्लै छ। बोल्नुहुन्छ गर्नुहुन्छु बेग्लै। हेर्नुहुन्छ देब्रेतिर तर दायातिर गर्नुहुन्छ,' ओलीले भने।

'प्रचण्डले चक्कु होइन फूल हो भन्नुभयो'
ओलीले प्रचण्डले फूल भन्दै चक्कु लिएर बसेको बताए। आफूले पनि फूल भनेर पत्याएको भए पनि आफ्नो आँखाले धोका नखाएको ओलीको आरोप छ। 'उहाँले चक्कु लिएर बस्नु भएको छ। यो चक्कु होइन फूल हो भन्नु भयो। तपाईँले भनेपछि फूल नै हो भने। मेरो आँखाले धोका खाएको थिएन,' ओलीले भने। प्रचण्डले धोका दिन अप्ठेरो नमानेको ओलीको आरोप छ। 'शहीदलाई धोका दिनु भो। मलाई धोका दिन के ठुलो भयो?,' उनको प्रश्न छ। 

'मलाई थाहा थियो उहाँ टिक्न सक्नु हुन्न भन्ने'

प्रचण्ड आफूसँग टिक्न नसक्ने आफूलाई पहिले नै थाहा भएको भन्दै चर्को आक्रोशमा ओली उत्रिएका हुन्। 'मलाई थाहा थियो उहाँ टिक्न सक्नु हुन्न। उहाँका गतिविधि निर्वाध चल्न पाउने। मसँग काम गर्दा काले काले मिलेर खाउ भाले हुँदैन थियो,' ओलीले भने। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell