काठमाडौं : नाबालिग बलात्कारको अभियोग लागेका राष्ट्रिय क्रिकेट टिमका खेलाडी सन्दीप लामिछानेलेको मुद्दा हेर्दा हेर्दैमा राखिएको छ। खेल खेल्न विदेश जान पाउनुपर्ने भन्दै सन्दीपले दिएको रिट निवेदनमा शुक्रवार सर्वोच्च अदालतले थप निवेदन माग गरेको थियो।
सर्वोच्चका न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले शुक्रवार थप निवेदन माग गरेको हो। पुस २८ गते उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो। रिहा भएपछि सन्दीपले पीडित किशोरीको बारेमा कुनै टिप्पणी गर्न पाउने छैनन्।
विदेश जान र काठमाडौं उपत्यका छोड्न रोक लगाइएको छ। अदालतले तोकेको शर्त नमाने यो आदेश तत्काल रद्द हुने भनिएको छ। तर क्रिकेट खेल्न विदेश जानुपर्ने भएको भन्दै लामिछानेले सर्वोच्च अदालतमा निवेदन दिएका थिए। त्यस्तै, उच्च अदालत पाटनले धरौटीमा रिहा गरेकोविरुद्ध सर्वोच्चमा दिइएको निवेदनको सुनुवाई पनि हेर्दा हेर्दैमा रहेको छ।